नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

नेपालभ्युज

नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

हेग । आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्‍यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् ।

डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई) ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गर्‍यो ।

आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ ।

उत्तरी वाडेन टापूहरूमा आँधीको गति १०० देखि १२० किलोमिटर प्रति घन्टासम्म पुग्नसक्छ । शुक्रबार बिहानसम्म एक सयभन्दा बढी उडान रद्द भइसकेका छन् ।

फ्लेभोल्याण्ड प्रान्त नजिकैको मार्करवार्ड बाँध आँधीका कारण बन्द गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved