भुटानी राजा नेपाल आउँदै

नेपालभ्युज

भुटानी राजा नेपाल आउँदै

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउँदैछन् । तर, यो कुनै औपचारिक नेपाल भ्रमण होइन । उनी भारत भ्रमणका क्रममा ट्रान्जिटका लागि मात्र एक घण्टाका लागि नेपालमा रहनेछन् ।

यस्तो ट्रान्जिटले नेपाल-भुटान सम्बन्धमा कुनै खास प्रभाव पार्दैन मात्र ‘नेपालमा टेक्नुपर्ने बाध्यता’ जस्तो हो । राजाको यो छोटो बसाइमा कुनै औपचारिक भेटघाट वा विशेष कार्यक्रम छैन ।

भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको छ । भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ ।

चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved