काठमाडौं । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकले प्रदर्शन गरेका छन् ।
लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालयअगाडि जम्मा भएर समर्थकहरुले नाराबाजी गरेका थिए ।
उनीहरुले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए ।
कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार बिहान काठमाडौंबाट चितवन लगिएको हो ।
साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितले पछिल्लो पटक लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।
Facebook Comment
Comment