अमेरिकी सहायक विदेशमन्त्री लू यसैसाता नेपाल आउँदै

नेपालभ्युज

अमेरिकी सहायक विदेशमन्त्री लू यसैसाता नेपाल आउँदै

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लूले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार आज (मंगलबार)देखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानेछन् । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानेछन् । उनको दक्षिण एसिया भ्रमण यसैसाता नेपालबाट समापन हुनेछ ।

नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन् ।

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएकाे नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved