काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्री थपेका छन् । सोमबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै आफ्नै दल नेकपा (एमाले)का रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका हुन् ।
यसअघि उक्त मन्त्रालयका मन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोप लागेको थियो । विवादमा आएपछि उनले राजीनामा दिएका थिए । सोही ठाउँ भण्डारीले भरेका हुन् ।
भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । कानूनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानूनी पृष्ठभूमि भण्डारी मन्त्री बनेका हुन् । सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका भण्डारी संविधानसभा सदस्य पनि रहिसकेका छन् ।
चौथोपटक मन्त्रिपरिषद् बिस्ता र हुँदा पनि कोशी सरकारले अझै पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् ।
यसैबीच नवनियुक्त मन्त्री भण्डारीले सोमबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएर कार्यभार सम्हालेका छन् ।
Facebook Comment
Comment