चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ

नेपालभ्युज

चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ९सई० ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् ।

सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved