बढ्यो सेयर बजार, कारोबार रकम साढे १० अर्ब 

नेपालभ्युज

बढ्यो सेयर बजार, कारोबार रकम साढे १० अर्ब 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९ दशमलव ९७ अंकले बढेर २७५८ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

सोमबार ३१४ कम्पनीका एक लाख ३ हजार ४ सय ८१ पटकको कारोबारमा एक करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये चार वटा घट्दा बाँकीमा हरियाली छाएको छ । १२६ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनी घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज तारागाउँ रिजेन्सी, विशाल बजार र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोमबार नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved