सर्केगाडमा अघि लाग्यो माओवादी, राप्रपा र रास्वपाकोभन्दा बदर मत बढी

नेपालभ्युज

सर्केगाडमा अघि लाग्यो माओवादी, राप्रपा र रास्वपाकोभन्दा बदर मत बढी

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

नेकपा एमालेलाई पछि पार्दै माओवादीकी देवकी तिमल्सीना ४७७ मतसहित अग्रस्थानमा छिन् ।

एमालेकी जाना शाही ४०३ मतसहित दोस्रो स्थानमा झरिन् । यस्तै, नेपाली कांग्रेसकी सविता वुढा ३४८ मतसहित तेस्रो स्थानमा छिन् ।

बदर मत ३१ छ । जुन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको भन्दा धेरै मत हो । राप्रपाले २० र रास्वपाले ५ मत पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved