चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजको खराब ब्याटिङ

नेपालभ्युज

चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजको खराब ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा आज (सोमबार) जारी खेलमा चितवन राइरोजविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गरेको छ ।

काठमाडौंले १३.१ ओभरमै ६ विकेट गुमाएको छ । याे बेलासम्म काठमाडौंले मात्र ७४ रन बनाएको थियो ।

१.१ ओभरमै विकेट गुमाउन सुरु गरेको काठमाडौंको त्यो क्रम रोकिएन ।

यता चितवनमा बलरले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस क्रममा पाकिस्तानका सोहिल तानबिरले ३ विकेट लिएका छन् ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

खेल बिहान ९ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved