रवि लामिछानेको बयान आज पनि सकिएन, भोलि पोखरा फर्काइने

नेपालभ्युज

रवि लामिछानेको बयान आज पनि सकिएन, भोलि पोखरा फर्काइने
रवि लामिछाने (फाइल तस्वीर) ।

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज (आइतबार) पनि सकिएन ।

शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिए पनि बयान नसकिएको हो ।

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनको बयान अझै नसकिएकाले भोलि (सोमबार) पनि लिइने भएको छ । बयानपछि उनलाई भोलि नै पोखरा फर्काइने तयारी छ ।

स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात भेटिएका छन् ।

त्यसमा स्वर्णलक्ष्मी चार पाङ्ग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।

यसअघि उनका साझेदार पूर्व डीआइजी छविलाल जोशीसँग बयान लिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved