आजको मौसम : केही स्थानमा हल्का हिमपातको सम्भावना

नेपालभ्युज

आजको मौसम : केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं – आज शनिबार देशका विभिन्न भागमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ । ती क्षेत्रमा विशेष गरी उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तर, बाँकी भूभागमा मौसम सफा रहनेछ, जसले गर्दा जनजीवन सामान्य रहने अपेक्षा गरिएको छ ।

रातिको समयमा पनि कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली कायम रहनेछ । अन्य क्षेत्रहरूमा भने आकाश सफा रहने मौसमविद्को पूर्वानुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved