पूर्वमन्त्री मुछिएको मानव तस्करी प्रकरण : तीन जना पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

पूर्वमन्त्री मुछिएको मानव तस्करी प्रकरण : तीन जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखतसम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको घटनामा न्यायाधीश बलराम लम्सालको इजलासले यस्तो आदेश दिएको हो । जसमा महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवार छन् ।

साथै, सो घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यसअघि अधिकारीमाथि मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved