भित्र रविको बयान, बाहिर कुर्दै निकिता

नेपालभ्युज

भित्र रविको बयान, बाहिर कुर्दै निकिता

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

बिहीबार राति पोखराबाट काठमाडौं ल्याइएका रविको शुक्रबार बिहानदेखि नै सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ ।

बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

रवि कात्तिक २ गते पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved