‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

शुक्रबार दिउँसो माइतीघरमा जम्मा भएर रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायतका नारा लगाएका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved