३२ सिटेको शासन अन्त्य गर्नुपर्छ : शंकर पोखरेल

नेपालभ्युज

३२ सिटेको शासन अन्त्य गर्नुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार कीर्तिपुरमा पार्टीको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेका तर्फबाट उम्मेदवार रहेका डा. सुरेन्द्र मानन्धरलाई भोट माग्दै उनले भने, ‘देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता देखिएको छ । ३२ सिटे पार्टीको शासन अन्त्य गर्नुपर्छ । देशलाई अस्थिरताबाट टाढा राख्नुपर्छ । युवालाई राजनीतिमा ल्याउनुपर्छ ।’

स्थिर राजनीति देशले खोजेको उनको भनाइ छ । देशलाई विकासको बाटोमा डोहोर्‍याउन एमालेको सरकार खाँचो रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved