सेयर बजारमा ८ अंकको गिरावट, १९४ कम्पनी राताम्मे 

नेपालभ्युज

सेयर बजारमा ८ अंकको गिरावट, १९४ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०७ कम्पनीका ८३ हजार १२८ पटकको कारोबारमा एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ रहेको छ ।

आज ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । विशाल बजार र विन नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एक्सेल विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved