काठमाडौं । भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन हालै दुबईमा भएको ग्लोबल वुमन फोरम कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ उनले महिला सशक्तिकरणको विषयमा कुरा गरेकी थिइन् ।
कार्यक्रमको आधिकारिक इन्स्टाग्राम पेजमा ऐश्वर्याले प्यानलका सदस्यहरूको प्रशंसा गर्दै एउटा भिडिओ सेयर गरिन्, जसमा उनले धेरै क्षेत्रमा महिलाको काम र प्रयासको प्रशंसा गरेकी छिन् ।
जब ऐश्वर्या स्टेजमा आइन्, उनको नाम ‘ऐश्वर्या राय’ देखाइएको थियो । सम्बन्धविच्छेदको हल्ला चलिरहँदा बच्चनको उपनाम हटाएपछि मानिसहरु छक्क परेका छन् ।
ऐश्वर्याको परिचयबाट ‘बच्चन’ उपनाम हटाएपछि सामाजिक सञ्जालमा फेरि एकपटक सम्बन्धविच्छेदको अड्कलबाजी सुरु भएको छ ।
अहिले मानिसहरूले ऐश्वर्याले आफ्नो वैवाहिक नाम त्याग्ने सम्भावना रहेको बताएका छन् । तर, ऐश्वर्याको इन्स्टाग्राम अकाउन्ट हेर्दा त्यसमा कुनै सत्यता देखिएको छैन ।
ऐश्वर्याको भेरिफाइड अकाउन्टमा अहिले पनि उनको नाम ‘ऐश्वर्या राय बच्चन’ लेखिएको छ । यति मात्र होइन, उनले ऐश्वर्या राय बच्चनको छोटो नाम पनि एआरबी राखेका छन् ।
दुबईको भिडिओमा उनको पहिलो नाम स्पेस वा व्यावसायिक प्रतिनिधित्वको लागि प्रयोग गरिएको हो । ऐश्वर्या र अभिषेकको सम्बन्धविच्छेदको चर्चा यसै वर्ष जुलाईदेखि चलिरहेको छ ।
Facebook Comment
Comment