सृच्छाले मिस वर्ल्डमा लगाउनेछिन् मखमल कपासबाट बनेको पहिरन

नेपालभ्युज

सृच्छाले मिस वर्ल्डमा लगाउनेछिन् मखमल कपासबाट बनेको पहिरन

काठमाडौं । आगामी संस्करणको मिस वर्ल्डमा नेपालको तर्फबाट सृच्छा प्रधानले सहभागिता जनाउने तयारी छ । त्यसका लागि ‘मिस नेपाल २०२३’ प्रधानले पहिरनलगायतका काम थालिसकेकी छन् ।

मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्डमा सहभागी हुँदा लगाउने पहिरन सार्वजनिक गरिसकेको छ । सृच्छाले पहिरिने पोशाक मखमल कपासबाट निर्माण गरिएको छ ।

उक्त पहिरनमा सृच्छाले गरेको फोटोसुटको तस्वीर बुधबार सार्वजनिक भएको छ । वातावरणमैत्री र दिगो फेसनको अवधारणालाई ख्याल गर्दै यो पोशाक तयार पारिएको हिडन ट्रेजरले जनाएको छ ।

एमपी प्रोडक्सनको अवधारणा र निर्देशनमा यो पोशाक तयार गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved