३९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि 

नेपालभ्युज

३९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३९ दशमलव ७० अंकले बढेर २७५६ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

बुधबार ३१६ कम्पनीका ८९ हजार पटकको कारोबारमा १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

१९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये फाइनान्स इन्डेक्स १७ दशमलव ६४ अंकले घटेको छ भने बाँकी सबैमा हरियाली छाएको छ ।

आज ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved