ब्लाइण्ड टी २० क्रिकेट विश्वकप : नेपालको लगातार दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

नेपालभ्युज

ब्लाइण्ड टी २० क्रिकेट विश्वकप : नेपालको लगातार दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

काठमाडौं । ब्लाइण्ड टी २० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० विश्वकपअन्तर्गत आफ्नो चौंथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो।

सुरुवातमा लगातार दुई खेल गुमाएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित हासिल गरेको छ । यसअघिको खेलमा नेपालले सोमबार अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । दक्षिण अफ्रिकाका लागि बुले भिडलाले १०० रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved