३३ अंकले बढ्यो सेयर बजार

नेपालभ्युज

३३ अंकले बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४१ अंकले बढेर २७१६ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

मंगलबार २११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

३१२ कम्पनीको ७५ हजार ५७२ पटकको कारोबारमा १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा सर्पोट माइक्रो फाइनान्स, यूनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved