दोहोरो अंकले बढ्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ८३ अंकले बढेर २६८३ दशमलव २४ को विन्दुमा पुगेको छ ।

३०९ कम्पनीका ६५ हजार ८ सय २४ पटकको कारोबारमा १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ रहेको छ ।

सोमबार ६७ कम्पनीको सेयर मूल्य घट्दा १६९ वटाको बढेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी र म्युचुअल फण्ड बढेको छ भने अन्य राताम्मे छन् । आज नगदी ग्रूप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved