दोहोरो अंकले घट्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०३ अंकले घटेर २६६७ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आइतबार ३२२ कम्पनीका ७६ हजार ४ सय १८ पटकको कारोबारमा १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये लगानी र निर्माण कम्पनी बढ्दा अन्य राताम्मे छन् । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved