‘मेरी बास्सै’का कलाकार समेटेर बान्द्रेले ल्याए नयाँ हास्य सिरियल ‘मेरी आम्मै’

नेपालभ्युज

‘मेरी बास्सै’का कलाकार समेटेर बान्द्रेले ल्याए नयाँ हास्य सिरियल ‘मेरी आम्मै’

काठमाडौं । हास्यकलाकार सुरज चापागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ‘मेरी आम्मै’ ल्याएका छन् ।

‘मेरी बास्सै’बाट नेपाली हास्य क्षेत्रमा बान्द्रे नामको पहिचान बनाएका सुरजको यो प्रयासले पुरानो टिमलाई पुनः एकत्रित गर्दै नयाँ कथा र शैली प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

‘मेरी आम्मै’मा ‘मेरी बास्सै’बाट परिचित अरू केही कलाकारहरूको पनि सहभागिता छ ।

केदार घिमिरे ‘माग्ने बुढा’को पत्नीको भूमिका निभाएर चर्चित सुनिता गौतम ‘मुईया,’ यादव देवकोटा ‘सरापे,’ र सुशील पोखरेल जस्ता कलाकारले आकर्षण थपेको छ ।

सिरियलमा सूर्य श्रेष्ठ, गिरीप्रसाद पुन, रमेश बुढाथोकी, मुस्कान लामा, रमेश बुढा मगर, भाइ कृष्ण श्रेष्ठ, कुल बहादुर ओली, जयकुमार थापा, र सन्तोष मगरको पनि छन् ।

‘मेरी आम्मै’ बान्द्रे नारायण कम्पनीको युट्युब च्यानल ‘बान्द्रे नारायण’ प्रसारण हुँदै आएको छ । पुरानै हास्य शैलीमा बनेका सिरियलका नयाँ चार भागहरू आइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved