मौसम अपडेट: हिमाली क्षेत्रमा हिमपात र तराईमा सफा मौसम

नेपालभ्युज

मौसम अपडेट: हिमाली क्षेत्रमा हिमपात र तराईमा सफा मौसम

काठमाडौं।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ । हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा हुने सम्भावना रहेको छ भने तराईका अधिकतर क्षेत्र सफा रहने अनुमान गरिएको छ ।

दिउँसोको अवस्था:

हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। एक-दुई स्थानमा हल्का वर्षा र सतसतै हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

पहाडी क्षेत्रमा पनि यस्तै आंशिकदेखि साधारण बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने विभागले जानकारी दिएको छ। तराईमा भने आंशिक बदली भए पनि अधिकांश ठाउँमा सफा मौसम रहनेछ ।

रातिको अवस्था:

राति हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्छ ।  पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने तराई क्षेत्र मुख्यतया सफा रहनेछ ।

प्रदेशगत अवस्था:

मधेश प्रदेश: दिउँसो र राति तराई क्षेत्र मुख्यतया सफा रहने छ।

बागमती प्रदेश: हिमाली र पहाडी क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना। तराईमा सफा मौसम रहनेछ ।

गण्डकी प्रदेश: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना। पहाडी र तराई क्षेत्र सामान्य बदली भए पनि सफा मौसम रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश: अधिकांश स्थानमा सफा मौसम रहने अनुमान गरिएको छ ।

मौसम विभागले यात्रु तथा हिमाली क्षेत्रतर्फ जानेहरुलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ ।

साथै, तराई क्षेत्रका बासिन्दालाई शीतलहरको सम्भावना नभएको भए पनि चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved