कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई जिताउन तीन दलको अपिल

नेपालभ्युज

कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई जिताउन तीन दलको अपिल

काठमाडौं । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा प्रा.डा. शिवशरण महर्जनलाई विजयी गराउन तीन दलले अपिल गरेका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीको संयुक्त चुनाव प्रचारप्रसार समितिले अपिल गरेको हो ।

अपिल पत्रमा भनिएको छ, ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा.डा. शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved