सेयर बजारमा ३१ अंकको गिरावट 

नेपालभ्युज

सेयर बजारमा ३१ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ३१ अंकले घटेर २६८० दशमलव ४४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१४ कम्पनीका ८४ हजार ८ सय ५८ पटकको कारोबारमा १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनी घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved