मेसीको अर्को कीर्तिमान, सर्वाधिक एसिस्ट

नेपालभ्युज

मेसीको अर्को कीर्तिमान, सर्वाधिक एसिस्ट

काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन् ।

विश्वकप छनोटअन्तर्गत बुधबार पेरूविरुद्धको खेलमा उनले अर्को कीर्तिमान बनाएका हुन् ।

सो खेलमा एक एसिस्ट (गोलका लागि अन्तिम पास) गरेसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी एसिस्ट गर्ने खेलाडी बनेका छन् । उनले एसिस्ट संख्या ५८ पुर्याएका हुन् । यो अमेरिकाका ल्यान्डन डोरोभानसँगको कीर्तिमान बराबरी हो ।

बुधबार बिहान लाउटारो मार्टिनेजले गोल गर्दा मेसीले उत्कृष्ट पास मिलाइदिएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक एसिस्ट गर्ने दोस्रो नम्बरमा ब्राजिलका नेयमार छन् । उनले ५७ एसिस्ट गरेका छन् ।

मेसीले फुटबलमा विभिन्न कीर्तिमान बनाएर गिनिज बूकमा नाम लेखाएका छन् ।

मेसी आठवटा बालोन डि‘ओर जित्ने विश्वकै एकमात्र फुटबलर हुन् । साथै उनी विश्वकपका सर्वाधिक एसिस्टकर्ता पनि हुन् । उनले विश्वकपमा १३ गोल गर्दै आठ एसिस्ट प्रदान गरेका छन् ।

मेसीले फुटबल करिअरमा एक विश्वकप, दुई कोपा अमेरिका र चार च्याम्पियन्स लिग गरी ४५ ट्रफी जितेका छन् । यो अर्को कीर्तिमान हो । यस्तै उनले दुईवटा विश्वकपमा गोल्डेन बल जितेर पनि कीर्तिमान रचेका छन् ।

मेसीले अर्जेन्टिनाका लागि १९१ खेलमा ११२ गोल गरेका छन् । अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । उनी दक्षिण अमेरिकी क्षेत्रका पनि सर्वाधिक गोलकर्ता हुन् ।

सर्वाधिक एसिस्ट गर्नेको सूची :

सम्बन्धित समाचारहरू :

के अर्जेन्टिना विश्वकपमा छनोट भएकै हो ?

पेरूमाथि विश्वविजेता अर्जेन्टिनाको कठिन जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved