सर्केगार्डको उपाध्यक्षमा एक जनाको उम्मेदवारी फिर्ता

नेपालभ्युज

सर्केगार्डको उपाध्यक्षमा एक जनाको उम्मेदवारी फिर्ता

सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवार बनेकी एक महिलाले उम्मेदवारी फिर्ता लिएकी छिन् । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी रामसरा खड्का साउदले बुधबार फिर्ता लिएकी हुन् ।

मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहकाे उपनिर्वाचनका लागि उपाध्यक्षमा राजनीतिक दल र स्वतन्त्र गरी सात जनाको उम्मेदवारी परेको थियो ।

एक जनाले फिर्ता लिएपछि अब ६ जना उम्मेदवार कायम रहेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए ।

नेकपा (एमाले)बाट जाना शाही, नेकपा (माओवादी केन्द्र)की देवकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संगीता शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढा र स्वतन्त्रबाट नरेश शाही उम्मेदवार रहेका छन् ।

उपनिर्वाचन हुने स्थानमा कस्तो थियो पहिलेको नतिजा ? अबको सम्भावना कसको ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved