काठमाडौं । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज हात पारेकी छन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि हात पारेकी हुन् ।
यस्तै मिस तर्फको शीर्ष उपाधि पेरुकी फेयरस ओर रुम्बो एलले जितिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विद्याको अवार्ड समेत हात पारे ।
ईप्लानेट पिटिई लिमिटेड सिंगापुरद्वारा आयोजित उक्त सौन्दर्य प्रतियोगिता सातौँ संस्करण हो । जस मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवर्द्धन गर्ने हेतुले आयोजना गरिदैं आएको संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।
‘हेरिटेज प्याजेन्टस् २०२४’मा नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Facebook Comment
Comment