सामान्य अंकले बढ्यो सेयर बजार 

नेपालभ्युज

सामान्य अंकले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

मंगलबार सेयर बजारको कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ रहेको थियो ।

१४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । बुधबार नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved