काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई मंगलबार काठमाडौं ल्याइएसँगै बयानका लागि अदालतमा पेस गर्न लागिएको हो ।
जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । यसर्थ उनलाई थप अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो ।
लामिछानेलाई पनि यही साता काठमाडौं ल्याउने तयारी रहेको प्रहरीस्रोतले जनाएको छ । यसअघि अर्का आरोपित कुमार रम्तेललाई काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको थियो ।
यस्तै मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि आज अदालतमा पेस गरिँदै छ ।
Facebook Comment
Comment