सहकारी ठगी छानबिनका लागि पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

नेपालभ्युज

सहकारी ठगी छानबिनका लागि पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो ।

रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो ।

रविलाई पनि यही साता काठमाडौं ल्याउने तयारी रहेको प्रहरीस्रोतले जनाएको छ । यसअघि अर्का आरोपित कुमार रम्तेललाई काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved