कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट छनोट गर्‍यो पाँच खेलाडी

नेपालभ्युज

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट छनोट गर्‍यो पाँच खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच खेलाडी छनोट गरेको छ ।

मङ्गलबार कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको हो । कर्णालीले सुर्खेतमा छनोट कार्यक्रम गरेको थियो ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपीएलमा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउनेछन् । अबको आज नै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिनेछ ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved