न्युजिल्यान्डको संसद्‌ भवनबाहिर ३५ हजारभन्दा बढीको विरोध प्रदर्शन

नेपालभ्युज

न्युजिल्यान्डको संसद्‌ भवनबाहिर ३५ हजारभन्दा बढीको विरोध प्रदर्शन

काठमाडौं । न्युजिल्यान्डको संस्थापक दस्तावेज, ब्रिटिश उपनिवेशवादी र माओरी समुदायबीच भएको सम्झौतापत्रलाई पुनःव्याख्या गर्ने प्रस्तावित विधेयकविरुद्ध ३५,००० भन्दा बढीले संसद् भवनबाहिर प्रदर्शन गरेका छन् ।

मंगलबारको यो प्रदर्शन नौ दिने देशभर गरिएको हिकोइ ‘शान्तिपूर्ण विरोध यात्रा’को अन्त्यको प्रतिकको रुपमा लिइएको छ ।

मंगलबारको दिनमा विरोध प्रदर्शनमा सहभागीको संख्या ठूलो मात्रामा बढेको थियो । धेरैजना माओरी झण्डाको रङहरूमा सजिएका थिए ।

यो प्रदर्शनले विधेयकको विरोध गर्ने कार्यकर्ता र समर्थकहरूलाई एकत्रित गरेको छ । उक्त विधेयक सत्तारूढ गठबन्धनका एक कनिष्ठ सदस्यद्वारा संसदमा प्रस्तावित गरिएको थियो ।

‘एक्ट’ राजनीतिक पार्टीले प्रस्ताव गरेको उक्त विधेयकले न्युजिल्यान्डले सन् १८४० को वेटांगी सन्धिका सिद्धान्तहरू पुनःव्याख्या गर्नुपर्ने र कानूनी रूपमा परिभाषित गर्नुपर्ने तर्क गर्छ । वेटांगी सन्धिलाई देशको जातीय सम्बन्धको आधारस्तम्भ मानिन्छ ।

समयक्रममा सन्धिका मूल मूल्यहरूले एकता नभएर विभाजनको बाटो खोलिदिएको पार्टीका नेता डेविड सीमोरले बताए ।

यो प्रस्तावित विधेयकको तीव्र विरोध भएको छ, यो न्युजिल्यान्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मार्चमध्ये एक हो ।

वेलिंग्टनको रेल नेटवर्कले मंगलबार आफ्नो इतिहासकै व्यस्त बिहान व्यहोर्‍यो, किनभने हिकोइका सहभागीहरू राजधानीमा ओइरिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved