पशुपतिमा भेटियो पर्चा – चरित्रवान् दमननाथको शव भ्रष्टहरूले नछुनु !

नेपालभ्युज

पशुपतिमा भेटियो पर्चा – चरित्रवान् दमननाथको शव भ्रष्टहरूले नछुनु !

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर दाहसंस्कारको लागि पशुपति आर्यघाट लगिदैँ गर्दा एक अनौठो विषय लेखिएको पर्चा भेटिएको छ ।

पशुपति क्षेत्र परिसरमा छरिएको पर्चामा ‘चरित्रवान् दमननाथको शव भ्रष्टहरूले नछुनु’ भन्ने लेखिएको छ ।

पर्चा छर्ने व्यक्तिको नाम त्यही उल्लेख छ, उनी जनता दलका अध्यक्ष हरिचरण साह भनिएको छ ।

उनले पर्चामा लेखेका छन्, ‘भ्रष्ट/नैतिक पतन भएका र गोहीको आँसु झार्ने खप्पिस व्यक्तित्वहरूले दमनज्यू जस्तो चरित्र वान मृतात्मालाई ठेस पुर्‍याउन वहाँको पवित्र शवलाई न–छुन र दाह–संस्कारमा समेत सहभागी न–हुन खबरदारी गर्दै यो ह्विप जारी गर्दछु ।’

ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीर अन्त्येष्टिका लागि लागि पशुपति लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved