एमाले ‘हेडक्वाटर’ शिलान्यास गरेको महिना दिनपछि मीनबहादुरले जग हाले २५ तले आफ्नै होटलको

नेपालभ्युज

एमाले ‘हेडक्वाटर’ शिलान्यास गरेको महिना दिनपछि मीनबहादुरले जग हाले २५ तले आफ्नै होटलको

काठमाडौं । नेकपा एमालेलाई जग्गा दान गरेर चर्चामा आएका व्यवसायी मीनबहादुर गुरुङले दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माणको थालनी गरेका छन् ।

महिना दिनअघि कीर्तिपुरमा एमालेको मुख्यालय भवनको शिलान्यास गरेका गुरुङले सोमबार दरबारमार्गमा भूमि पूजासहित होटल निर्माण सुरु गरेका हुन् ।

यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स, र अन्नपूर्ण समूहको संयुक्त लगानीमा गगनचुम्बी होटल निर्माणको योजना अगाडि बढाइएको हो।

भूमि पूजाका क्रममा गुरुङले अन्नपूर्ण स्क्वायरलाई “सुन्दर नेपालको सुन्दरताको प्रतीक”का रूपमा परिभाषित गरे। २५ तलाको यो होटल २०८५ वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

गुरुङ भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत हुन् । उनका पछिल्ला कदमले व्यवसायिक क्षेत्रमा चर्चा र विवाद दुवै निम्त्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved