कमला नदीमा नुहाउँदा बगेका २ किशोर मृत फेला

नेपालभ्युज

कमला नदीमा नुहाउँदा बगेका २ किशोर मृत फेला
सांकेतिक तस्वीर

जनकपुरधाम । कमला नदीमा नुहाउने क्रममा बगेर हराएका २ किशोर मृत अवस्थामा फेला परेका छन् । उनीहरु सिरहाका छुट्टाछुट्टै स्थानबाट बगेका थिए ।

बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका-१५ का १४ वर्षीय अभिषेक यादवको शव हुलाकी सडक अन्तर्गत निर्माणाधीन कमला नदीको पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि फेला परेको छ ।

शुक्रबार नै सिरहाको कर्जन्हा नगरपालिका-१ उत्तरवाहिनीमा कमला नदीमा नुहाउने क्रममा बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका-५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि आइतबार नै फेला परेको छ ।

लक्ष्मणसँगै नुहाउने क्रममा बगेका १६ वर्षीय रोशन मण्डलको शव शुक्रबार नै नदीमा फेला परेको थियो ।

कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा नुहाउँदा पुण्य मिल्ने धारणा छ । त्यहाँ भूत मेला समेत लाग्ने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved