शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ: सभापति देउवा

नेपालभ्युज

शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ: सभापति देउवा

कैलाली। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधार निर्माणसँगै शिक्षाको गुणस्तर सुधार्न विशेष जोड दिनुपर्ने बताएका छन् ।

आइतबार कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले गुणस्तरीय र प्राविधिक शिक्षाको आवश्यकतामाथि प्रकाश पारे ।

सभापति देउवाले भने, “शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भइसकेका छन्, अब गुणस्तरीय र प्राविधिक शिक्षामा पनि ध्यान दिनुपर्छ । मैले सक्ने सहयोग गर्न सधैं तयार छु ।”

उहाँले शिक्षा क्षेत्रबाट सुदूरपश्चिमलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउँदै यहाँका समस्याहरू समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गरे ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीले क्याम्पसको विकासका लागि थप सहयोग आवश्यक रहेको बताउँदै सभापति देउवाबाट समर्थनको अपेक्षा गरेका थिए ।

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर र सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारीले देउवालाई सुदूरपश्चिमको अभिभावकको रूपमा चित्रित गर्दै क्षेत्रीय समस्याहरू समाधान गर्न उनको पहल निर्णायक हुने विश्वास व्यक्त गरे ।

क्याम्पस उद्घाटनपछि सभापति देउवा धनगढी उपमहानगरपालिका–१६ स्थित वेहेडाबाबा धार्मिक क्षेत्रमा पुगेर पूजा तथा दर्शन पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved