दमननाथ ढुंगानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

नेपालभ्युज

दमननाथ ढुंगानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु ।”

प्रधानमन्त्रीले ढुंगानाको योगदानको चर्चा गर्दै नेपालमा मानव अधिकारको रक्षाका साथै संसदीय अभ्यासको प्रवर्द्धनमा उनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

दमननाथ ढुंगानाले २०४८ सालको आम निर्वाचनपछि पहिलो निर्वाचित प्रतिनिधिसभाको सभामुखका रूपमा लोकतन्त्र र संसदीय व्यवस्थाको विकासमा अग्रणी भूमिका निर्वाह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved