दैलेखको महाबु गाउँपालिकामा दलहरूले गरे मनोनयन दर्ता

नेपालभ्युज

दैलेखको महाबु गाउँपालिकामा दलहरूले गरे मनोनयन दर्ता

सुर्खेत । दैलेखको महावु गाउँपालिका अध्यक्ष पदका लागि दलहरूले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । दैलेखमा स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न दलहरूले मनोनयन दर्ता सुरु गरेका हुन् ।

हालसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी , नेकपा एमाले र रास्वपाले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा एमालेबाट जङ्गबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जङ्गबहादुर बराल, रास्वपाबाट प्रकाश बुढा, एकीकृत समाजवादीबाट जगत हमालले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved