डिजेल र मट्टितेलको मूल्‍य बढ्यो, पेट्रोलको यथावत

नेपालभ्युज

डिजेल र मट्टितेलको मूल्‍य बढ्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

बढेको मूल्य  शनिबार मध्यराति १२ बजेदेखि लागू हुने  निगमले जनाएको छ ।

निगमका अनुसार  चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।  काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ कायम भएको निगमले जनाएको  छ ।

पेट्रोलको मुल्‍य भने यथावत रहेको निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved