सिमरा र जनकपुरका उडान स्थगित

नेपालभ्युज

सिमरा र जनकपुरका उडान स्थगित

काठमाडौं  । सिमरा र जनकपुर विमानस्थलमा पर्याप्त भिजिबिलिटी नहुँदा शुक्रबारका सबै उडान प्रभावित बनेका छन् ।

शुक्रबार साँझ करिब ५ बजेसम्म यी दुई विमास्थलमा एउटा पनि उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ ।

भिजिबिलिटीकै कारण शुक्रबार बिहान जनकपुर र सिमरासँगै भैरहवा, धनगढी, तुम्लिङटार र भरतपुरमा समेत उडान हुन नसकेको बताइएको छ ।

१२ बजेपछि अन्य विमानस्थलमा उडान, अवतरण सुरु भए पनि जनकपुर र सिमरामा भने उडान हुन नसकेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved