दीपकराज गिरी भन्छन् – मलाई ‘महानायक’ भन्नेलाई ब्लक गर्छु

नेपालभ्युज

दीपकराज गिरी भन्छन् – मलाई ‘महानायक’ भन्नेलाई ब्लक गर्छु

काठमाडौं । कलाकार दीपकराज गिरीले आफूलाई सामाजिक सञ्जालमा महानायक भन्नेलाई ब्लक गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो भनेका हुन् ।

उनले लेखेका छन्, ‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु । तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’

केही वर्ष अगाडि महानायक विषयमा बोलेको कारण निर्देशक दीपाश्री निरौला विवादमा परिन् । सोही विवादमा गिरी पनि मुछिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved