सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुस रकमसहित पक्राउ परेका कानुविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट ७८ हजार रूपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ७८ हजार रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved