भैरहवामा रवि लामिछानेको बयान सकियो, पोखरा पठाउने तयारी

नेपालभ्युज

भैरहवामा रवि लामिछानेको बयान सकियो, पोखरा पठाउने तयारी
फाइल तस्वीर ।

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।

यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । अब उनलाई पोखरा पठाउने तयारी भइरहेको डीएसपी खनालले बताइन् ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved