काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छाडेको छ ।
ऋषि धमलासँगको टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा उनी बुधबार पक्राउ परेका थिए ।
बिहीबार अर्यालकी छोरी आएर जिम्मा लिएपछि जमानीमा छोडिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्राइम टेलिभिजनको अन्तर्वार्तामा पुगेका अर्यालले आफूले १६ जना मन्त्रीको गाडी चलाएको र त्यही क्रममा कञ्चनपुर पुग्दा त्यो घटना देखेको दाबी गरेका थिए ।
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ । उनले ऋषि धमलालाई समेत ढाँटेर अन्तर्वार्ता दिएको हुनसक्ने बताइएको छ ।
Facebook Comment
Comment