अफगानिस्तानका युवा अलराउन्डर आलम विराटनगर किङ्समा अनुबन्धित

यससँगै २२ वर्षीय अलराउन्डर आलम विराटनगर पाँचौं विदेशी खेलाडी भएका छन् । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।

नेपालभ्युज

अफगानिस्तानका युवा अलराउन्डर आलम विराटनगर किङ्समा अनुबन्धित

काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् ।

यसको जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

यससँगै २२ वर्षीय अलराउन्डर आलम विराटनगर पाँचौं विदेशी खेलाडी भएका छन् । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् ।

यस्तै आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कर्णाली याक्सले गर्‍यो विश्व चर्चित क्रिकेटर धवनलाई अनुबन्ध


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved