मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

नेपालभ्युज

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको हो ।

आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो ।

अधिकारीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् ।

विवाद भएपछि अधिकारीले गत २० गते नै राजीनामा दिइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved