काठमाडौं । एनपीएल टोली काठमाडौं गुर्खाजले इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमाडौं गुर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् ।
डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा डेब्यू गरेका थिए । उनी इंग्लिस काउन्टीमा ग्लामोर्गनबाट खेल्दै आएका छन् ।
डौथवेटले भाइटालिटी ब्लास्टमा ग्लामोर्गनबाट ५९ खेलमा १ सय ३७ माथिको स्ट्राइक रेटमा दुई अर्धशतकसहित ६ सय ३६ रन बनाएका छन् । साथै, उनले २६.७८ को औषतमा ६२ विकेट लिएका छन् ।
काठमाडौं गुर्खाजले यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस र इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजीलाई अनुबन्ध गरिसकेको छ ।
काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।
Facebook Comment
Comment